पाकिस्तानमा लगातार भारी वर्षाका कारण आएको बाढिले पुन: चार जनाको मृत्यु

पाकिस्तानमा लगातार भारी वर्षाका कारण आएको बाढिले पुन: चार जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, वैशाख ५ । पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ ।

साङ्ला र चारसद्दा जिल्लामा मौसमी प्रतिकूलताले हताहतका घटनाहरू भएका छन्, जसले विगत केही दिनदेखि लगातार भारी वर्षाका साथै आँधीबेहरी आइ थप विनाश गरेको छ ।

केपी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले अप्रिल १२ देखि मृतकको सङ्ख्या २१ पुगेको जनाएको छ । घाइतेको सङ्ख्या पनि बढेर ३२ पुगेको छ ।

उद्धार–११२२ टोली का प्रवक्ता बिलाल अहमद फैजीले चारसद्दाको सबकदरमा घर क्षति भएपछि दुई बालबालिकाको ज्यान गएको पुष्टि गरे । त्यसैगरी, साङ्लाका उपयुक्त जियाउर रहमानले सोमबार राति साङ्लामा दुई जनाको मृत्यु भएको जानकारी दिए । जहाँ अलपुरीको देहराई क्षेत्रमा आकस्मिक बाढीमा आमा र बच्चा बगाएको छ । यी नयाँ हताहतहरूसँगै, प्रान्तमा मृत्युको सङ्ख्या २५ पुगेको हो ।

लोअर कोहिस्तानको डुबेरका जÞाहिद कथानाले अस्थायी सडक र पुलहरू सन् २०१० पछि पाँचौँ पटक बाढीले बगाएको बताए । बाढीले बासिन्दाहरूलाई घरमा सीमित रहन बाध्य पारेको जनाए । असहज परिस्थितिले स्थानीयलाई दुर्गम भूभागबाट कठिन यात्रा सहेर अस्थायी व्यवस्था प्रयोग गरी बिरामीहरूलाई अस्पताल पुर्‍याउन बाध्य तुल्यायो ।

वर्षा रोकिएपछि नदीको जलस्तर घटेको छ भने पिडिएमएले केपीका प्रभावित जिल्लाहरूमा राहत कार्य सुरु गरेको छ ।

पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अप्रिल २२ सम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यसैबिच अर्को शक्तिशाली लहर पश्चिमी क्षेत्रहरूमा प्रवेश गर्ने आङ्कलन गरिएको छ । यो लहर देशको माथिल्लो भागहरूमा विस्तार हुँदा सुरुमा बलुचिस्तानलाई असर गर्ने अनुमान गरिएको छ ।

पिएमडीको पूर्वानुमानमा विभिन्न क्षेत्रहरूमा भारी वर्षार आँधीबेहरी आउने समावेश छ । पृथक् क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ । खैबरपख्तुनख्वामा, चित्राल, दिर, स्वात, एबटाबाद र अन्य जिल्लाहरू समेत प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

गिलगिट–बाल्टिस्तान र कश्मीरमा पनि वर्षा, आँधीबेहरी र उच्च पहाडी क्षेत्रहरूमा हिमपातसहित खराब मौसमको सामनाका लागि तयारी भएको छ । पन्जाब र सिन्धका क्षेत्रहरू सम्भावित वर्षा, आँधीबेहरी र असिनाबाट बच्न आवश्यक तयारी गर्न सल्लाह दिइएको छ ।

पिएमडीले माथिल्लो केपी, मुर्री, गलियत, कश्मीर र जीबीमा भूस्खलनको जोखिमसँगै केही क्षेत्रमा आकस्मिक बाढीको चेतावनी दिएको छ । किसानहरूलाई बालीको रक्षा गर्न सावधानी अपनाउन सल्लाह दिइएको छ । अधिकारीहरूलाई सतर्क रही सम्भावित जोखिमलाई कम गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय राजमार्ग तथा मोटरवे प्रहरीले मौसमी सुरक्षा सुनिश्चित गर्न पिएमडीको सल्लाह अनुसार अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सल्लाह दिएको डनले जनाएको छ । – रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो