नेपाललाई साउदीको ७४ रनको मध्यम लक्ष्य

नेपाललाई साउदीको ७४ रनको मध्यम लक्ष्य : Icon Khabar

काठमाडौं, वैशाख ५ । ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरब विरुद्ध मध्यम लक्ष्य पाएको छ ।

अल अमेरातमा पिच भिजेका कारण ढिलो सुरु भएको खेल ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदी अरबका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक पनि छुन सकेनन् । साउदीका काशिफ अब्बासको ८ रन दोस्रो ठूलो स्कोर रहन पुग्यो ।

नेपालका लागि करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १५ रन खर्चेर २ विकेट नै लिए । ललित राजवंशीले २ ओभर गर्दै २१ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले १ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरी

जारी खेलमा साउदीले जित हासिल गर्न नसकेमा हंगकंग दोस्रो रहँदै सेमीफाइनलमा प्रवेश गर्नेछ । साउदीको ३ खेलमा २ अंक छ । साउदीको नेपाल विरुद्ध खेल जित्न सकेमा भने राम्रो रन रेटका आधारमा दोस्रो रहँदै सेमीफाइनलमा पुग्नेछ ।

आज मलेसिया विरुद्ध सानदार जित निकालेसँगै ४ खेलमा ४ अंक भएको हंगकंगको नेट रनरेट -०.१२८८ पुगेको छ । ४ अंक नै रहेको कतारको नेट रनरेट -०.४५३ रहेको छ । हंगकंगको जित पछि कतार भने बाहिरिएको छ ।

Published Date: 17 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड