नेपाललाई साउदीको ७४ रनको मध्यम लक्ष्य

नेपाललाई साउदीको ७४ रनको मध्यम लक्ष्य : Icon Khabar

काठमाडौं, वैशाख ५ । ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरब विरुद्ध मध्यम लक्ष्य पाएको छ ।

अल अमेरातमा पिच भिजेका कारण ढिलो सुरु भएको खेल ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदी अरबका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक पनि छुन सकेनन् । साउदीका काशिफ अब्बासको ८ रन दोस्रो ठूलो स्कोर रहन पुग्यो ।

नेपालका लागि करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १५ रन खर्चेर २ विकेट नै लिए । ललित राजवंशीले २ ओभर गर्दै २१ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले १ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरी

जारी खेलमा साउदीले जित हासिल गर्न नसकेमा हंगकंग दोस्रो रहँदै सेमीफाइनलमा प्रवेश गर्नेछ । साउदीको ३ खेलमा २ अंक छ । साउदीको नेपाल विरुद्ध खेल जित्न सकेमा भने राम्रो रन रेटका आधारमा दोस्रो रहँदै सेमीफाइनलमा पुग्नेछ ।

आज मलेसिया विरुद्ध सानदार जित निकालेसँगै ४ खेलमा ४ अंक भएको हंगकंगको नेट रनरेट -०.१२८८ पुगेको छ । ४ अंक नै रहेको कतारको नेट रनरेट -०.४५३ रहेको छ । हंगकंगको जित पछि कतार भने बाहिरिएको छ ।

Published Date: 17 April 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड