गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्ने

गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्ने : Icon Khabar

काठमाडौँ, माघ १४ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गृह मन्त्रालय आफैले सम्हाल्ने भएका छन्।

लामिछानेले आफु पदमुक्त भएपछी शुक्रबार बेलुकी नै प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन्। ‘अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2023
Website | + posts