सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा लक्षित गर्दै गोली चलेपछि

सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा लक्षित गर्दै गोली चलेपछि : Icon Khabar

मुम्बई, वैशाख ३ । आइतवार बिहान ५ बजेको समयमा समियमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा लक्षित गर्दै गोली चलाइएको थियो । दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

उक्त घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ ।

यसैबीच, एउटा भिडियो बाहिरिएको छ, जसमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिरको गतिविधि देख्न सकिन्छ । भिडियोमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । गोली चलाउनेहरुको तस्विर पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन् । प्रहरीले आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

दुबै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ ​​फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ ।

घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा उक्त घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ ।

यद्यपि, उक्त पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन । थप जानकारी प्रहरीले अझै दिएको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने