झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान र नयाँ वर्षको भित्तेपात्रो लोकापर्ण

झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान र नयाँ वर्षको भित्तेपात्रो लोकापर्ण : Icon Khabar

भक्तपुर, चैत २९ । भक्तपुरको गोल्मढिमा अवस्थित झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा बिस्का: जात्रा तथा नयाँ वर्ष २०८१ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा कवांले आर्थिक, सामाजिक र राजनीतिक रुपमा संचालकहरु सक्षम भई समाजबादी सहकारी अन्तर्गत संचालन हुनुपर्नेमा जोड दिए।

संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले सामूहिक प्रयासबाट मात्र सहकारी अगाडि बढ्ने बिचार व्यक्त गरे। संस्थाका अध्यक्ष नारायण प्रसाद कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार विश्वराम कवां, तुल्सीराम ग्वाछा, पुण्यराम कवां, बिष्णुप्रसाद किसी र आशाकुमार चिकंबंजारले पनि आ आफ्नो मन्तव्य राखेका थिए।

सो कार्यक्रममा संस्थाको २०८१ को भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2024
Website | + posts




ताजा
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित