झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान र नयाँ वर्षको भित्तेपात्रो लोकापर्ण

झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान र नयाँ वर्षको भित्तेपात्रो लोकापर्ण : Icon Khabar

भक्तपुर, चैत २९ । भक्तपुरको गोल्मढिमा अवस्थित झीगु ख्वप साकोसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा बिस्का: जात्रा तथा नयाँ वर्ष २०८१ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा कवांले आर्थिक, सामाजिक र राजनीतिक रुपमा संचालकहरु सक्षम भई समाजबादी सहकारी अन्तर्गत संचालन हुनुपर्नेमा जोड दिए।

संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले सामूहिक प्रयासबाट मात्र सहकारी अगाडि बढ्ने बिचार व्यक्त गरे। संस्थाका अध्यक्ष नारायण प्रसाद कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार विश्वराम कवां, तुल्सीराम ग्वाछा, पुण्यराम कवां, बिष्णुप्रसाद किसी र आशाकुमार चिकंबंजारले पनि आ आफ्नो मन्तव्य राखेका थिए।

सो कार्यक्रममा संस्थाको २०८१ को भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।

Published Date: 11 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न