किपाग्राफी भक्तपुरका प्रजापति र शाक्य बेलायत प्रस्थान

किपाग्राफी भक्तपुरका प्रजापति र शाक्य बेलायत प्रस्थान : Icon Khabar

भक्तपुर, चैत २९ । भक्तपुरमा फोटोग्राफरहरुको समूह किपाग्राफी भक्तपुरका सल्लाहकार अच्युत प्रजापति र पूर्व अध्यक्ष पदम सुन्दर शाक्य बिहिबार बेलायतको लण्डन प्रस्थान गरेका छन्।

बेलायतमा अवस्थित पासा पुच: गुठीले आमन्त्रण गरेको अवसरमा किपाग्राफी भक्तपुरको तर्फबाट प्रजापति र शाक्य आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत बेलायत तर्फ उडेका हुन्।

बेलायतको राजधानी लण्डनमा अवस्थित नेपालीहरुको समूह पासा पुच: गुठी युकेले त्यहाँ बिस्का: जात्रा मनाउनका लागि किपाग्राफी भक्तपुरलाई आम्नत्रण गरेको हो। उक्त उत्सवमा किपाग्राफी भक्तपुरले विभिन्न समयमा कैद गरेका भक्तपुरका सम्पदा तथा सांस्कृतिक तस्बिरहरु प्रदर्शन गर्ने किपाग्राफी भक्तपुरका अध्यक्ष सुरेशराज शाक्यले आइकन खबरलाई जानकारी दिए।

लण्डनको सो बिस्का: जात्रामा भक्तपुरको संस्कृति र सम्पदालाई फोटोहरू मार्फत जोड्ने र लण्डनमा अगाडि बढिरहेको परम्परा र संस्कृतिलाई समेत उक्त तस्बिरहरुले थप हौसला दिने आयोजकले विश्वास गरेको पनि अध्यक्ष शाक्यले बताए। प्रजापति र शाक्यलाई आज बिहान किपाग्राफी भक्तपुरका अध्यक्ष सुरेश राज शाक्यले खादा ओढाइ बिदाई गरेका थिए।

किपाग्राफी भक्तपुरले नेपालको संस्कृति र सम्पदा संरक्षणका लागि फोटोग्राफी मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ।

Published Date: 11 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड