किपाग्राफी भक्तपुरका प्रजापति र शाक्य बेलायत प्रस्थान

किपाग्राफी भक्तपुरका प्रजापति र शाक्य बेलायत प्रस्थान : Icon Khabar

भक्तपुर, चैत २९ । भक्तपुरमा फोटोग्राफरहरुको समूह किपाग्राफी भक्तपुरका सल्लाहकार अच्युत प्रजापति र पूर्व अध्यक्ष पदम सुन्दर शाक्य बिहिबार बेलायतको लण्डन प्रस्थान गरेका छन्।

बेलायतमा अवस्थित पासा पुच: गुठीले आमन्त्रण गरेको अवसरमा किपाग्राफी भक्तपुरको तर्फबाट प्रजापति र शाक्य आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत बेलायत तर्फ उडेका हुन्।

बेलायतको राजधानी लण्डनमा अवस्थित नेपालीहरुको समूह पासा पुच: गुठी युकेले त्यहाँ बिस्का: जात्रा मनाउनका लागि किपाग्राफी भक्तपुरलाई आम्नत्रण गरेको हो। उक्त उत्सवमा किपाग्राफी भक्तपुरले विभिन्न समयमा कैद गरेका भक्तपुरका सम्पदा तथा सांस्कृतिक तस्बिरहरु प्रदर्शन गर्ने किपाग्राफी भक्तपुरका अध्यक्ष सुरेशराज शाक्यले आइकन खबरलाई जानकारी दिए।

लण्डनको सो बिस्का: जात्रामा भक्तपुरको संस्कृति र सम्पदालाई फोटोहरू मार्फत जोड्ने र लण्डनमा अगाडि बढिरहेको परम्परा र संस्कृतिलाई समेत उक्त तस्बिरहरुले थप हौसला दिने आयोजकले विश्वास गरेको पनि अध्यक्ष शाक्यले बताए। प्रजापति र शाक्यलाई आज बिहान किपाग्राफी भक्तपुरका अध्यक्ष सुरेश राज शाक्यले खादा ओढाइ बिदाई गरेका थिए।

किपाग्राफी भक्तपुरले नेपालको संस्कृति र सम्पदा संरक्षणका लागि फोटोग्राफी मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ।

Published Date: 11 April 2024


ताजा
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु
शुक्रबार पनि सुनको मूल्यमा वृद्धि


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली