आगामी वर्ष २०८१ को कार्तिक महिनामा मध्यपुर थिमिमा महोत्सव हुने

आगामी वर्ष २०८१ को कार्तिक महिनामा मध्यपुर थिमिमा महोत्सव हुने : Icon Khabar

भक्तपुर, चैत २८ । भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाद्धारा नयाँ बर्षको क्यालेण्डर विमोचन गरेको छ।

नयाँ वर्ष २०८१ साल तथा बिस्का: जात्राको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उक्त क्यालेन्डर विमोचन गरिएको हो। कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। उनले आगामी २०८१ सालको कार्तिक महिनातिर मध्यपुर थिमि महोत्सव गर्ने तयारी गरिरहेको जानकारी गराए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले नेपाल सरकारको स्वदेशी बस्तु प्रयोग निर्दैशिका जारी भएको र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सो समिति रहेतापनि भक्तपुरमा क्रियाशिल नभएको बताउँदै स्थानीय निकायको पहलमा सो समितिलाई क्रियाशिल बनाउन पहल गर्न अनुरोध गरे । त्यस्तै संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले देश विकासको मेरुदण्दको रुपमा रहेको घरेलु उद्योगलाई स्थानीय निकायले संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिए।

संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले मध्यपुर थिमिमा चैत्र २६ सम्पन उपत्यका व्यापी धिमेबाजा प्रतियोगिता सँगै भएको रैथाने उत्पादन मेलामा भक्तपुर घरेलु तथा साना उद्योग संघलाई संयोजनको जिम्मा दिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा मध्यपुर थिमि नगरपालिकामा हुने स्थानीय उत्पादनसँग सम्बन्धित कार्यक्रममा संघलाई सहकार्य गर्ने अवसर प्रदान गर्दे विश्वास व्यक्त गर्दै मध्यपुर थिमिलाई सेरामिक्सको जोन तथा नगदेशलाई तरकारी जोन बनाउन पहल गर्नु पर्ने तथा मध्यपुरमा उत्पादन हुने बस्तु तथा सेवाहरुलाई बजारीकरण गर्नको लागि कोशेली घर संचालन गर्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा घरेलु बचत तथा ऋण सहकारी संस्था अध्यक्ष लक्ष्मण ग्वाछा, संघका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले नयाँ बर्ष तथा विस्का जात्राको शुभकामना दिनुको साथै घरेलु तथा साना उद्योग संघको जिवन्तताको लागि स्थानीय निकायको भुमिका बारे चर्चा गरे ।

Published Date: 10 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी