सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार : Icon Khabar

काठमाडौँ, चैत २८ । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रहेको छ।

उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ। आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेचहुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सिमित रहेको छ।

हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको कारोबार रकम ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2024
Website | + posts