प्रोक्सिमा इन्टरनेश्नल एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

प्रोक्सिमा इन्टरनेश्नल एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा अवस्थित प्रोक्सिमा इन्टरनेश्नल एकेडेमी र प्रोक्सिमा किड्स वर्ल्डले आफ्नो २० औं दिक्षान्त समारोह सम्पन्न गरेको छ।

प्रारम्भिक बाल बालिका शिक्षा तह पार गरेका २० जना विद्यार्थीहरुलाई एक विशेष समारोहमा अभिभावकको उपस्थितिमा सो कार्यक्रमा आयोजना गरेको हो।

बालबालिकालाई आगामी सिकाइका लागि तयार गरेको र उनीहरुको क्षमता पहिचान गरि आउँदा दिनहरुमा अझ सशक्त ढंगले शिक्षण सिकाइलाइ जोड्ने प्रयासमा विद्यालय रहेको विद्यालयका प्रिन्सिपल सुजन भट्टराईले आइकन खबरलाई जानकारी दिए।

बालबालिकाको गुणस्तरिय शिक्षाका लागि विद्यालय सदैव तयार रहेको र आवश्यक मानव श्रोत, भौतिक पूर्वाधारमा विद्यालय सधै तयार रहेको कुरा विद्यालयका निर्देशक धर्मरत्न खाइतुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts