बिस्का: जात्राको आज पहिलो दिन देखिएको माहोल

बिस्का: जात्राको आज पहिलो दिन देखिएको माहोल : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुरको विश्व प्रसिद्व एवं ऐतिहासिक जात्रा बिस्का: जात्राको आज पहिलो दिन अर्थात द्यः क्वाहाँ विज्याकेगु। भक्तपुरको टौमढिमा बनाइएको भैरबनाथ र भद्रकालीको रथ तानेर आजबाट आठ रात नौ दिन लामो बिस्का: जात्रा सुरू भैसकेको छ ।

हरेक वर्ष चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ ।

त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ ।

जात्रालाई शान्ति पूर्ण र मर्यादित बनाउनका लागि गृह प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ।

Published Date: 09 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न