बिस्का: जात्राको आज पहिलो दिन देखिएको माहोल

बिस्का: जात्राको आज पहिलो दिन देखिएको माहोल : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुरको विश्व प्रसिद्व एवं ऐतिहासिक जात्रा बिस्का: जात्राको आज पहिलो दिन अर्थात द्यः क्वाहाँ विज्याकेगु। भक्तपुरको टौमढिमा बनाइएको भैरबनाथ र भद्रकालीको रथ तानेर आजबाट आठ रात नौ दिन लामो बिस्का: जात्रा सुरू भैसकेको छ ।

हरेक वर्ष चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ ।

त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ ।

जात्रालाई शान्ति पूर्ण र मर्यादित बनाउनका लागि गृह प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 09 April 2024
Website | + posts