मन्टेसरी एजुकेशन स्कूलको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस-२०८० सम्पन्न

मन्टेसरी एजुकेशन स्कूलको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस-२०८० सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुर सूर्यविनायकस्थित मन्टेसरी एजुकेशन स्कूलको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस – २०८० सोमबार सम्पन्न भएको छ।

सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बस्नेतले विद्यालयले बालबालिकाको विकासका लागि गर्दै आएको विभिन्न क्रियाकलाप निकै प्रशंसनीय भएको बताए।

कार्यक्रममा विशेष अतिथिका रूपमा वरिष्ठ तथा लोकप्रिय संचारकर्मी दिपाञ्जलि लामा शाहको उपस्थिति रहयो। उनले बालबालिकाहरुको विकास, लालनपालन र पोषणमा अभिभावकवर्ग निकै दत्तचित भएर लाग्नुपर्ने बताइन्। आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको फुर्तिलो प्रस्तुति र जाँगर हुनु पछाडी विद्यालयको भुमिका उत्कृष्ट रहेको पनि बताइन्।

कार्यक्रममा अभिभावक प्रतिनिधिहरु मन्जिल महत र पूजा कार्कीको पनि आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिले विद्यालयले गर्दै आएका र सम्पन्न गरिसकेका विभिन्न क्रियाकलापका बारेमा जानकारी दिइन्। उनले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले उनीहरुको मनोभावना बुझेर अघि बढ्दै गरेको बताइन्।

सो अवसरमै विद्यालयले एसकेजी कक्षाका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो। विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गीत संगीत सँगै आफुले पब्लिक स्पिकिङ्ग कक्षामा सिकेका विभिन्न मन्तव्यहरु पनि प्रस्तुत गरेका थिए। कार्यक्रमको दोश्रो चरणमा विद्यार्थीहरू स्वयंले पनि कार्यक्रम संचालन गरेका थिए। उल्लेख्य अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा अभिभावको मनोरन्जनका लागि हट पोटाटो गेम खेलाइनुका साथै विभिन्न प्रश्न उत्तर खेल पनि खेलाइएको थियो। जसबाट भाग्यमानी अभिभावकलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षकको अवार्ड रश्मि खर्बुजाले पाएकी थिइन्। यो सँगै कक्षा २ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले बिदाई पनि गरेको विद्यालयले आइकन खबरलाई जानकारी दिएको हो।

विद्यालयकी संचालक सरस्वति हाकुदुवालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts