ख्वप कलेजमा लेखाव्यवस्थापन सम्बधि प्रशिक्षण सम्पन्न

ख्वप कलेजमा लेखाव्यवस्थापन सम्बधि प्रशिक्षण सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेका छन्।

यसै क्रममा चैत्रको २५ गते त्रिविका उपप्राध्यापक डा. किशोर हाकुदुवालले लेखापरिक्षण, आर विश्लेषण, नगद प्रवाह विवरण बारेमा प्रशिक्षण गरे । मानव इतिहासको सुरुवातको अवस्था देखि क्रमश विकास हुदै उद्यमशिलता, लेखाको सुरुवात भएको कुरालाई कथाको रुपमा प्रस्तुत गरेका थिए ।

प्राकृतिक स्रोत साधनको प्रयोग देखी,बस्तुको उत्पादन, बस्तुको साटासाट, वितरण, विक्रीबारे प्रशिक्षण गरे । मानिसको आवश्यकताले बस्तु तथा सेवाको उत्पादन र वितरण प्रणालीलाई प्रभाव पार्ने गर्दछ । व्यवसाय सुरु गर्दा आवश्यक पुँजीको व्यवस्थापन, लेखा, लेखापरिक्षण, सन्तुलन वासलात बारेमा पनि जानकारी लिनुपर्ने कुराका प्रशिक्षकले जोड दिए।

उद्यमीको लागी आर्थिक पक्ष निकै महत्वपुर्ण पक्ष हो । यसको सहि रुपमा व्यवस्थापन र परिचालन गरेमा मात्र उद्यमीले आफनो व्यापार व्यवसाय बढाउन सक्दछ । कार्यक्रमको अन्त्यमा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले प्रशिक्षक किशोर हाकुदुवाललाई मायाको चिनो प्रदान गरे । यसैक्रममा प्राचार्य श्रेष्ठले प्रशिक्षार्थीहरुलाई धैर्यता र मेहनतले मात्र सफल उद्यमी बन्न सकिने हुनाले मेहनत गर्न अभिप्रेरित गदै नव बर्षको शुभकामना दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2024
Website | + posts