मिथुन चक्रवर्ती: फ्लप फिल्म भएपनि हिट स्टार्डम

मिथुन चक्रवर्ती: फ्लप फिल्म भएपनि हिट स्टार्डम : Icon Khabar

मुम्बई, चैत २३ । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन् । शाहरुख खानदेखि लिएर अक्षय कुमारहुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भएपनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरे ।

यद्यपि, बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन् । आफ्नो करिअरमा झण्डै १ सय ८० वटा फ्लप फिल्म दिएपनि ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्तीले आफ्नो स्टारडमलाई फ्लप हुन दिएका छैनन् ।

मिथुनले बलिउडमा आफ्नो नाममा सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको रेकर्ड बनाएका छन् । सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा पनि उनले फ्लप फिल्मको संख्या उत्तिकै दिए । हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो ।

उनले करिअरमा २ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए । सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको नाममा जितेन्द्र दोस्रो नम्बरमा पर्छन् । उनी अभिनीत १ सय १ फिल्म फ्लप छन् ।

९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भए । फिल्म फ्लप भए पनि उनको स्टार स्टाटसमा कुनै असर परेन । उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए ।

५० हिट फिल्मबाहेक उनले ७ औसत फिल्म पनि दिए । रोचक कुरा के छ भने मिथुनका फ्लप भएका फिल्म प्रायः कम बजेटका थिए । त्यसकारण अधिकांश निर्माताले खासै घाटा ब्यहोरेनन् । किनकी उनीहरुले त्यसको भरपाई गरिसकेका थिए ।

अहिले मिथुन अधिकांश फिल्ममा सहायक चरित्रमा देखिन्छन् । उनले टेलिभिजनमा डान्स रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन् ।

Published Date: 05 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न