लायन्स क्लब अफ भक्तपुरद्वारा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ भक्तपुरद्वारा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १७ । लायन्स क्लब अफ भक्तपुरको संयोजन तथा डिवेज इंटरनेशनल प्रि- स्कूल आयोजनामा शनिबार पीडियाट्रिक क्यान्सरको निम्ति रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा डेन्टल क्याम्प तथा मधुमेह रोग र उच्च रक्तचापको निशुल्क जाँच पनि भएको थियो। उक्त शिविरबाट २०० जना बालबालिका, अभिभावक सँगै समाजका व्यक्तित्वहरु लाभावान्वित भएका थिए।

कार्यकममा क्लबका अध्यक्ष एल्सा झा, आईपीडीजी उत्तम प्रसाद झा, सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर विधान जोशी, रिजन चेयर पर्सन प्रमिला प्रजापति, रूकेश रंजित, क्लबका भाइस प्रेसिडेण्ट अंजु थापा खत्री, भाइस प्रेसिडेण्ट दिपक कुमार चौधरी लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

सो शिविर भक्तपुरको नलिन्चोकमा अवस्थित डिवेज इंटरनेशनल प्रि- स्कूल परिसरमा भएको हो। कार्यक्रमका लागि प्राविधिक सहयोग केयर ३२ डेन्टल क्लिनिक, दुवाकोट र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको रहेको थियो।

Published Date: 30 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी