लायन्स क्लब अफ भक्तपुरद्वारा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ भक्तपुरद्वारा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १७ । लायन्स क्लब अफ भक्तपुरको संयोजन तथा डिवेज इंटरनेशनल प्रि- स्कूल आयोजनामा शनिबार पीडियाट्रिक क्यान्सरको निम्ति रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा डेन्टल क्याम्प तथा मधुमेह रोग र उच्च रक्तचापको निशुल्क जाँच पनि भएको थियो। उक्त शिविरबाट २०० जना बालबालिका, अभिभावक सँगै समाजका व्यक्तित्वहरु लाभावान्वित भएका थिए।

कार्यकममा क्लबका अध्यक्ष एल्सा झा, आईपीडीजी उत्तम प्रसाद झा, सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर विधान जोशी, रिजन चेयर पर्सन प्रमिला प्रजापति, रूकेश रंजित, क्लबका भाइस प्रेसिडेण्ट अंजु थापा खत्री, भाइस प्रेसिडेण्ट दिपक कुमार चौधरी लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

सो शिविर भक्तपुरको नलिन्चोकमा अवस्थित डिवेज इंटरनेशनल प्रि- स्कूल परिसरमा भएको हो। कार्यक्रमका लागि प्राविधिक सहयोग केयर ३२ डेन्टल क्लिनिक, दुवाकोट र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2024
Website | + posts