प्रकृतिको काखमा अवस्थित भक्तपुरको सुवर्णेश्वर महादेव मन्दिर (फोटो फिचर)

प्रकृतिको काखमा अवस्थित भक्तपुरको सुवर्णेश्वर महादेव मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, चैत १७ । भक्तपुरका प्रमुख धार्मिक स्थलहरु मध्य सुवर्णेश्वर महादेव मन्दिर पनि एक हो । भक्तपुरको कटुञ्जेको उच्चभागमा अवस्थीत यो मन्दिर साविकको कटुञ्जे गाउँ विकास समिति र हाल सूर्यविनायक नगरपालिका वडा नं. ५ मा पर्दछ ।

उच्च भाग भएकोले यस स्थानबाट काठमाडौँ ललितपुर तथा भक्तपुरका अधिकांश भागको अवलोकन गर्न सकिन्छ ।

कटुञ्जेको उच्चभागमा रहेको यो महादेव मन्दिरको परिसर शान्त, सौम्य, मनमोहक, सुन्दरमात्र नभई विभिन्न बोटविरुवाका कारण यहाँ पुग्ने जो कोहिले छुट्टै अनुभव गर्ने सक्ने छन्।

यहाँको हरियाली, प्राकृतिक वातावरण र बहने हावाको आनन्द लोभलाग्दो छ । त्यसमाथि चराचुरुङ्गीको चिरबिर संगीतका साथ भक्तपुरको उत्तर, उत्तरपूर्व, पश्चिम, दक्षिण भेगसँगै काठमाडौं र ललितपुरका भागहरुको दृष्यावलोकन गर्न पाउने अवसर सो स्थानमा पुगेर मात्र गर्न सकिन्छ ।

Published Date: 30 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी