प्रकृतिको काखमा अवस्थित भक्तपुरको सुवर्णेश्वर महादेव मन्दिर (फोटो फिचर)

प्रकृतिको काखमा अवस्थित भक्तपुरको सुवर्णेश्वर महादेव मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, चैत १७ । भक्तपुरका प्रमुख धार्मिक स्थलहरु मध्य सुवर्णेश्वर महादेव मन्दिर पनि एक हो । भक्तपुरको कटुञ्जेको उच्चभागमा अवस्थीत यो मन्दिर साविकको कटुञ्जे गाउँ विकास समिति र हाल सूर्यविनायक नगरपालिका वडा नं. ५ मा पर्दछ ।

उच्च भाग भएकोले यस स्थानबाट काठमाडौँ ललितपुर तथा भक्तपुरका अधिकांश भागको अवलोकन गर्न सकिन्छ ।

कटुञ्जेको उच्चभागमा रहेको यो महादेव मन्दिरको परिसर शान्त, सौम्य, मनमोहक, सुन्दरमात्र नभई विभिन्न बोटविरुवाका कारण यहाँ पुग्ने जो कोहिले छुट्टै अनुभव गर्ने सक्ने छन्।

यहाँको हरियाली, प्राकृतिक वातावरण र बहने हावाको आनन्द लोभलाग्दो छ । त्यसमाथि चराचुरुङ्गीको चिरबिर संगीतका साथ भक्तपुरको उत्तर, उत्तरपूर्व, पश्चिम, दक्षिण भेगसँगै काठमाडौं र ललितपुरका भागहरुको दृष्यावलोकन गर्न पाउने अवसर सो स्थानमा पुगेर मात्र गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2024




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान