भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान : Icon Khabar

काठमाडौँ, माघ १२ । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरे ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए ।

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताए । उहाँले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताए। भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । कार्यक्रममा अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए ।

करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । उनले भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताए । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताए । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाई छ ।

भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताए । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाई छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

Published Date: 26 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न