भक्तपुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

भक्तपुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु : Icon Khabar

भक्तपुर, चैत १६ । बिहिबार बेलुकी भक्तपुरमा पैदलयात्रुको निधान भएको छ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. २ सानोठिमी आर्मी ब्यारेक स्थित ओरालोमा पुरानोठिमीबाट पेप्सीकोला तर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको पल्सर मोटरसाईकलले सानोठिमी बस्ने वर्ष ६२ को पैदलयात्री राम थापा मगरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । लाश पोष्टमार्टमको लागि के.एम.सी. दुवाकोट अस्पताल लगिएको । ठक्कर दिने मोटरसाईकल चालकलाई खोजतलास कार्य भईरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरेको छ।

Published Date: 29 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु