बिहीबारको मन्त्री परिषद बैठकले गरे यी निर्णहरु

बिहीबारको मन्त्री परिषद बैठकले गरे यी निर्णहरु : Icon Khabar

काठमाडौँ, चैत १६ । मन्त्री परिषदको बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको उक्त बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २,७०७ रुपैयाँ तोकेको हो ।

सरकारले गरेकाे निर्णय अनुसार १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुनेछ ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय यस्ता छन् :

१. आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि पनि ७७ अर्ब ५० करोड स्वीकृत गरिने।

२. वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने ।

३. नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।

४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।

५. संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने