शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडाैं, चैत १६ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts