आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १४ । आज २०८० चैत १४ गते बुधवार, तद्अनुसार २७ मार्च २०२४, आज चैत शुक्ल पक्ष द्वितिया तिथि, चित्रा नक्षत्र, ब्याघात योग । चन्द्रराशिः तुला, सूर्योदयः बिहान ०६ः०० बजे, सूर्यास्त साँझ १८ः१८ बजे ।

आजको राशिफल

मेष: नयाँ कार्यमा लाभ मिल्ने छ । थोरै लापरवाहीले धेरै हानि हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला ।

वृष: पारिवारिक चिन्ता कायम रहने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ ।

मिथुन: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट: जागिर तथा व्यापारमा लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा अधिक लाभ हुनेछ ।

सिंह: पारिवारिक समस्याहरुमा वृद्धि हुनेछ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला ।

कन्या: पुराना प्रयासहरुबाट लाभ मिल्न प्रारम्भ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ पाइने छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

वृश्चिक: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ ।

धनु: यात्रामा सावधानी अपनाउनु होला । अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ: नयाँ योजना बन्ने छ, जसको लाभ तुरन्त पाइने छैन । सामाजिक कार्य गर्नमा रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ ।

मीन: चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, हतार नगर्नु होला । दाजुभाइसंग भनाभन हुनसक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

Published Date: 27 March 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै