नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनलबीच समझदारी

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनलबीच समझदारी : Icon Khabar

काठमाडौँ, चैत १३ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जीएलएन इन्टरनेशनल मिलेर नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एम‌ओयू हस्ताक्षर भएको छ ।

यस एम‌ओयूको आधारमा, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गरिने लेखिएको छ । फोनपे र जीएलएन इन्टरनेशनलको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

कोरियाबाट नेपाल आउने जीएलएनका प्रयोगकर्ताहरूले हाना वानक्यू, केबी वालेट, आईएम बैंक, टस, हाना मनि र जीएलएन एपजस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइम पेमेन्ट क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

Published Date: 26 March 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली