पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पर्यटन बोर्डको विभिन्न देशमा सेल्स मिसन शुरु

पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पर्यटन बोर्डको  विभिन्न देशमा सेल्स मिसन शुरु : Icon Khabar

काठमाडौँ, माघ १२ । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ। बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए।

उनले भने,‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएका छन्। यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं’

बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतमा माघ १० गते वाराणसी (वनारस) , र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गदैछ। कार्यक्रममा नेपालका पर्यटन व्वसायी तथा भारतीय पर्यटन व्वसायीहरुको सहभागिता रहेको छ।। सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ।

स्पेनको मड्रिडमा फितुर सम्पन्न

यसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ। जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल सबै सिजनको लागि उपर्युक्त गन्तवय भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरिन। यस्तै बोर्ड र स्पेन स्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोशन इभेन्ट पनि सम्पन्न भएको छ।

कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले सहभागीहरुका लागि नेपालको समग्र पर्यटनको प्रस्तुतिकरण तथा पछिल्लो पर्यटकीय गतिविधिका बारेमा जानकारी दिइन। यस्तै नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सैब खालका पर्यटकको लागि उपयुक्त गन्तव्य भएकोले भ्रमण गर्न आग्रह गरे।

यस्तै दुतावासमा आयोजित कार्यक्रममा युएन डब्लुटिओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक ह्यारी ह्वाङ सहितविभिन्न टावल टे«ड क्षेत्रका व्यवसायीहरुको सहभागिता रहको बोर्डका प्रबन्धक खड्ग विक्रम शाहले जानकारी दिए। सो अवसरमा नेपाली सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो। सन २०२२ मा स्पेनबाट ८ हजार ३ सय ३९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।

Published Date: 26 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ