भक्तपुरको भेलुखेलमा अवस्थित सरस्वतीको मन्दिरमा बिहानदेखि दर्शनार्थीको भीड

भक्तपुरको भेलुखेलमा अवस्थित सरस्वतीको मन्दिरमा बिहानदेखि दर्शनार्थीको भीड : Icon Khabar
भक्तपुरमा अवस्थित सरस्वती मन्दिर परिसरमा भजन किर्तन गर्दै स्थानीय जनसमुदाय

भक्तपुर , माघ १२ । भक्तपुर नगरपालिका वडा नं ५ मा अवस्थित प्रसिद्व सरस्वती मन्दिरमा आज दर्शनार्थीको घुइचो लागेको छ। प्रत्येक बर्ष  श्री पञ्चमीकै दिन यस मन्दिरमा धुमधामका साथ पुजा आराधना गर्न दर्शनार्थीहरुको उपस्थिति हुने गर्दछ।

आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ ।
नेपालका भरि आज सरस्वतीलाई विद्याकी देवी मानेर आराधनासहित श्री पञ्चमी मनाईदैछ ।

श्रीपञ्चमीकाे दिन वसन्त श्रवण गर्ने चलन छ।शिशिर ऋतुमा पर्ने याे पर्वमा वसन्त ऋतुकाे आगमनलाई स्वागत गर्न वसन्त राग गाइन्छ र श्रवण गरिन्छ।

Published Date: 26 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न