नेपालमा सुनको मूल्य हालसम्मकै महंगाे

नेपालमा सुनको मूल्य हालसम्मकै महंगाे : Icon Khabar

काठमाडौँ, माघ १२। नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । साेमबारकाे रेकर्ड ताेड्दै सुनकाे मूल्यले बिहीबार उच्च विन्दुमा पुगेकाे हाे ।

आज छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ काराेबार भैरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। याे नेपाली सुन इतिहासकै हालसम्मकै महंगाे मूल्य हाे ।

यस्तै तेजाबी सुन पनि महंगिएर प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० पुगेको छ ।

Published Date: 26 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न