नेपालमा सुनको मूल्य हालसम्मकै महंगाे

नेपालमा सुनको मूल्य हालसम्मकै महंगाे : Icon Khabar

काठमाडौँ, माघ १२। नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । साेमबारकाे रेकर्ड ताेड्दै सुनकाे मूल्यले बिहीबार उच्च विन्दुमा पुगेकाे हाे ।

आज छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ काराेबार भैरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। याे नेपाली सुन इतिहासकै हालसम्मकै महंगाे मूल्य हाे ।

यस्तै तेजाबी सुन पनि महंगिएर प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2023
Website | + posts