राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खोलिने

राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खोलिने : Icon Khabar

चितवन, चैत १० । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल ट्रष्टका बीच शुक्रवार सम्झौता भएको हो । महानगर प्रमुख रेनु दाहाल र नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल ट्रष्टको ७८औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो ।

Published Date: 23 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी