राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खोलिने

राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खोलिने : Icon Khabar

चितवन, चैत १० । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल ट्रष्टका बीच शुक्रवार सम्झौता भएको हो । महानगर प्रमुख रेनु दाहाल र नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल ट्रष्टको ७८औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2024
Website | + posts