भक्तपुरमा कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी दुर्घटना

भक्तपुरमा कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी दुर्घटना : Icon Khabar

भक्तपुर, चैत १० । कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी भक्तपुरमा दुर्घटनामा परेको छ । आज बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा सूर्यविनायक नगरपालिका–१० मा शुक्रबार कार दुर्घटनामा परेको हो । बागमती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३–०१–००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो ।

दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् ।

भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताएका छन् । उनका अनुसार गम्भीर घाइते हुनेमा बस्याल छन् । अन्य सामान्य घाइते छन् । दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा प्रहरीले विशाल र पूजनलाई नियन्त्रणमा लिएको छ । टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2024
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित