भक्तपुरमा कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी दुर्घटना

भक्तपुरमा कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी दुर्घटना : Icon Khabar

भक्तपुर, चैत १० । कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी भक्तपुरमा दुर्घटनामा परेको छ । आज बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा सूर्यविनायक नगरपालिका–१० मा शुक्रबार कार दुर्घटनामा परेको हो । बागमती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३–०१–००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो ।

दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् ।

भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताएका छन् । उनका अनुसार गम्भीर घाइते हुनेमा बस्याल छन् । अन्य सामान्य घाइते छन् । दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा प्रहरीले विशाल र पूजनलाई नियन्त्रणमा लिएको छ । टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

Published Date: 23 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी