सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक : Icon Khabar

काठमाडौँ, माघ १२ । सलमान खान अभिनित बलिउड चलचित्र ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ। सलमानको बोल्ड अवतार र एक्शन दृश्यहरुले टिजरलाई आकर्षित बनाएको छ। तर, यस चलचित्रमा पनि सलमानले पुरानै एक्सन शैली पछ्याएका छन्।

फिल्ममा सलमानका साथै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावला, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ। फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ।

सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्। यसै वर्ष सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू