सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक : Icon Khabar

काठमाडौँ, माघ १२ । सलमान खान अभिनित बलिउड चलचित्र ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ। सलमानको बोल्ड अवतार र एक्शन दृश्यहरुले टिजरलाई आकर्षित बनाएको छ। तर, यस चलचित्रमा पनि सलमानले पुरानै एक्सन शैली पछ्याएका छन्।

फिल्ममा सलमानका साथै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावला, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ। फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ।

सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्। यसै वर्ष सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ।

Published Date: 26 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न