पर्यटनको राजधानी घोषणा भएसँगै पोखरा अब २४ घण्टा खुल्ने

पर्यटनको राजधानी घोषणा भएसँगै पोखरा अब २४ घण्टा खुल्ने : Icon Khabar

पोखरा, चैत ४ । औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा भएको पोखरा अब चौबिसै घण्टा खुल्ने भएको छ । पोखरामा रहेका सबै पर्यटकीय गतिविधि चौबिसै घण्टा खुला राख्ने निर्णय भएको हो।

पोखरामा निश्चित मापदण्ड बनाएर लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार, स्पा, किराना र खाजा पसलहरू १ बजेसम्म निर्बाध चल्न दिइने भएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको सुरक्षा समितिको बैठकले पोखरालाई सधैँ खुला राख्ने निर्णय गरेको थियो । तर चौबिसै घण्टा चल्नका लागि पहिला जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । सुरक्षाको पूरै ग्यारेन्टी भएपछि मात्रै त्यस्तो अनुमति दिइने प्रशासनले जनाएको छ ।

Published Date: 17 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग