नेपाल टेलिकमका प्राविधिक अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमका प्राविधिक अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, चैत ४ । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार चार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा बाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत कार्य गरेको आरोप लागेको छ ।

सिटौलाले नेपाल टेलिकमको बिना स्वीकृति निजी कम्पनी हिम्डङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालि. को शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा सो कार्य गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०६९-०७० देखि काम गरिरहेको, पारिश्रमिक बापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टा समेतमा सामेल भई सो कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक तथा मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ चार रुपियाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप सिटौलालाई लागेको छ ।

निजविरुद्ध बिगो रकम एक करोड ६१ लाख २० हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सम्पत्ति समेत जफत हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Published Date: 17 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग