किन निरन्तर घट्दै छ नेप्से ? आइतबार ११.८३ अंकले घट्यो सेयर बजार

किन निरन्तर घट्दै छ नेप्से ? आइतबार ११.८३ अंकले घट्यो सेयर बजार : Icon Khabar

काठमाडौं, चैत ४ । आइतबार नेप्से परिसूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो ।

आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ ।

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको सेयर किनबेच भएको छ ।

Published Date: 17 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग