किन निरन्तर घट्दै छ नेप्से ? आइतबार ११.८३ अंकले घट्यो सेयर बजार

किन निरन्तर घट्दै छ नेप्से ? आइतबार ११.८३ अंकले घट्यो सेयर बजार : Icon Khabar

काठमाडौं, चैत ४ । आइतबार नेप्से परिसूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो ।

आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ ।

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2024
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु