प्रा.डा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित पुस्तक “अन्तरङ्गका तरङ्गहरु” विमोचन

प्रा.डा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित पुस्तक “अन्तरङ्गका तरङ्गहरु” विमोचन : Icon Khabar

भक्तपुर, फागुन २८ । प्रा.डा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित पुस्तक “अन्तरङ्गका तरङ्गहरु” विमोचन

भक्तपुर, फागुन २८ । इतिहास एवं संस्कृतिविद् प्रा.डा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित “अन्तरङ्गका तरङ्गहरु” नामक ऐतिहासिक पुस्तक विमोचन भएको छ ।

आज ख्वप इन्जिनियरिङ्ग कलेज लिवाली, भक्तपुरको सभाहलमा सो पुस्तक “अन्तरङ्गका तरङ्गहरु” विमोचन भएको हो ।

इतिहास, संस्कृति र पुरातत्वमा आधारित सो पुस्तकको विमोचन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका हुन् ।

विमोचन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणि हरिराम जोशी, बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा त्रिरत्न मानन्धर, प्राध्यापक हेमन्त शमसेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार विरुद्धका अभियन्ता भरतमणि जंगम, अर्थविद निरञ्जनकुमार टिबरेवाला लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो विमोचन भएको पुस्तकमा १३६ वटा श्रेष्ठद्वारा रचित लेखहरू समावेश छन् जसमा १ हजार १ सय ३६ पृष्ठ रहेको छ । उक्त प्रकाशित पुस्तकको मूल्य ५ हजार रुपैयाँ रहेको छ ।

भक्तपुर भुलांचामा अवस्थित संचित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा उक्त पुस्तक प्रकाशित भएको हो । कार्यक्रम संचित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष योगेन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न भएको हो ।

 

Published Date: 11 March 2024
ताजा
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता