प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच भेटघाट

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच भेटघाट : Icon Khabar

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले फागुन ३० गते प्रतिनिधि सभाबाट लिने तयारी गरेको विश्वासको मतको विषय र सरकारको न्यूनतम साझा कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन बुधबार ३० गते प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषय, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला