प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच भेटघाट

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच भेटघाट : Icon Khabar

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले फागुन ३० गते प्रतिनिधि सभाबाट लिने तयारी गरेको विश्वासको मतको विषय र सरकारको न्यूनतम साझा कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन बुधबार ३० गते प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषय, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।

Published Date: 11 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग