मनीषा कोइराला नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत दर्शकमाझ आउँदै

मनीषा कोइराला नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत दर्शकमाझ आउँदै : Icon Khabar

मुम्बई, फागुन २८ । मनीषा कोइराला सञ्जय लीला भन्सालीको नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत लामो समयपछि दर्शकमाझ आउँदैछिन् । यो सीरीज निकट भविष्यमै नेट फ्लिक्समार्फत प्रसारण हुँदैछ ।

यसैबीच, मनिषाले आफ्नो सुपरहिट फिल्म ‘१९४२ ए लभ स्टोरी’ को बारेमा एउटा नयाँ कुरा शेयर गरेकी छिन् । उनले फिल्मका निर्देशक विधु विनोद चापडाले आफूलाई ‘खराब एक्टर’ भनेको कुरा बताएकी छिन् ।

मनिषा भन्छिन् – ‘१९४२ अ लभ स्टोरी’ को क्रममा एउटा घटना भएको थियो । पहिला पटक स्क्रिप्ट अध्ययन गर्ने क्रममा म एकदम डराएकी थिएँ । त्यो देखेर विधु विनोद चोपडाले मलाई तिमी खराब कलाकार हौ भने । उनको उक्त कुरा सुनेपछि मैले उनीसंग २४ घण्टाको समय दिन अनुरोध गरेँ । त्यसका साथै त्यसपछि पनि तपाईँलाई म सहि लागिन भने म खराब कलाकार हुँ भन्ने कुरा स्वीकार गर्छु भनेँ ।’

त्यसपछि चोपडाले उनको काम देखेर उनलाई फिल्म ‘१९४२ अ लभ स्टोरी’ मा अभिनय गराउने निर्णय गरेको मनिषाले बताएकी छिन् ।

Published Date: 11 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग