मनीषा कोइराला नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत दर्शकमाझ आउँदै

मनीषा कोइराला नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत दर्शकमाझ आउँदै : Icon Khabar

मुम्बई, फागुन २८ । मनीषा कोइराला सञ्जय लीला भन्सालीको नयाँ सीरीज ‘हीरामण्डी’ मार्फत लामो समयपछि दर्शकमाझ आउँदैछिन् । यो सीरीज निकट भविष्यमै नेट फ्लिक्समार्फत प्रसारण हुँदैछ ।

यसैबीच, मनिषाले आफ्नो सुपरहिट फिल्म ‘१९४२ ए लभ स्टोरी’ को बारेमा एउटा नयाँ कुरा शेयर गरेकी छिन् । उनले फिल्मका निर्देशक विधु विनोद चापडाले आफूलाई ‘खराब एक्टर’ भनेको कुरा बताएकी छिन् ।

मनिषा भन्छिन् – ‘१९४२ अ लभ स्टोरी’ को क्रममा एउटा घटना भएको थियो । पहिला पटक स्क्रिप्ट अध्ययन गर्ने क्रममा म एकदम डराएकी थिएँ । त्यो देखेर विधु विनोद चोपडाले मलाई तिमी खराब कलाकार हौ भने । उनको उक्त कुरा सुनेपछि मैले उनीसंग २४ घण्टाको समय दिन अनुरोध गरेँ । त्यसका साथै त्यसपछि पनि तपाईँलाई म सहि लागिन भने म खराब कलाकार हुँ भन्ने कुरा स्वीकार गर्छु भनेँ ।’

त्यसपछि चोपडाले उनको काम देखेर उनलाई फिल्म ‘१९४२ अ लभ स्टोरी’ मा अभिनय गराउने निर्णय गरेको मनिषाले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2024
Website | + posts


ताजा
प्रतिनिधिसभाको आज बस्ने बैठकमा निजामती विधेयक पेस हुने
आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालनमा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग