शौचालय निर्माणमा भ्रष्टाचार गर्दा १२ जनाविरुद्ध मुद्दा दायर

शौचालय निर्माणमा भ्रष्टाचार गर्दा १२ जनाविरुद्ध मुद्दा दायर : Icon Khabar

काठमाडौं, फागुन २७ । शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

१२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा प्रतिवादी बनाइएकाहरुमा तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल लगायत छन् ।

त्यस्तै, इन्जिनियर सुबोधकुमार चापागाईँ, लेखापाल रामबहादुर कार्की, सब–इन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोसी–१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा ४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा ३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

तामाकोसी–३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने