नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज हुने

नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज हुने : Icon Khabar

काठमाडौँ, फागुन २७ । नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । एक्सन फिल्म दान्भी रुपेश तामाङको डेव्यु निर्देशकिय फिल्म हो ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टिजर र पोस्टरको चर्चा छ । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ ।

देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

पूजा पहिलो पटक ‘दान्भी’ मार्फत भूमिकामा प्रस्तुत भएकी छन् । उनी अभिनित पछिल्लो फिल्म उपहार प्रदर्शनरत छ । जहाँ उनको भूमिकालाई रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न