नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज हुने

नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज हुने : Icon Khabar

काठमाडौँ, फागुन २७ । नायिका पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । एक्सन फिल्म दान्भी रुपेश तामाङको डेव्यु निर्देशकिय फिल्म हो ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टिजर र पोस्टरको चर्चा छ । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ ।

देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

पूजा पहिलो पटक ‘दान्भी’ मार्फत भूमिकामा प्रस्तुत भएकी छन् । उनी अभिनित पछिल्लो फिल्म उपहार प्रदर्शनरत छ । जहाँ उनको भूमिकालाई रुचाइएको छ ।

Published Date: 10 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी