मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन २२ । मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको छ।

आज ३१६ स्टकको ६९ हजार २०८ पटकको कारोबारमा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने घोराही सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।

त्यस्तै, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts