मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन २२ । मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको छ।

आज ३१६ स्टकको ६९ हजार २०८ पटकको कारोबारमा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने घोराही सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।

त्यस्तै, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 05 March 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी