नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि : Icon Khabar

काठमाडौँ, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक इनिङ खेले । एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का बनाएका थिए । उनले १८ औं ओभरमा लगातार २ छक्का र २ चौका प्रहार गर्दै खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ’डाउडले ८३ रनको आक्रामक साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो सुरुवात दिलाए । नवौं ओभरमा कुशल मल्लले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

म्याक्स २३ बलमा २२ रन जोड्दै पहिलो बलमा क्याच आउट भए । पाँचौ बलमा लेभिट पनि पेभेलियन फर्किए । उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । दशौं ओभरमा रोहितले २ रनमात्र खर्चेपछि नेपाल खेलमा फर्किएको थियो ।

तर विक्रमजित सिंहले ११ औं ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेदरल्यान्ड्सतर्फ मोमेन्टम फर्काए । अर्को ओभरमा रोहितले पनि १४ रन खर्चंदा नेपाल दबाबमा पर्यो । तर त्यसपछिको ३ ओभरमा प्रतिश र दीपेन्द्रले मात्र १३ रन खर्चेपछि खेल सन्तुलनमा आयो ।

अन्तिम ५ ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि ५२ रन आवश्यक पर्दा १६ औं ओभरमा अभिनाशले ९ रन दिए ।

१७ औं ओभरमा दीपेन्द्रले मात्र ४ रन खर्चेर स्कट एडवार्ड्सलाई आउट गर्दा नेपाल अघि रहेको थियो । १८ औं ओभरमा अभिनाशले २१ रन खर्चेपछि नेदरल्यान्ड्सलाई अन्तिम २ ओभरमा १९ रन आवश्यक थियो ।

१९ औं ओभरको पहिलो बलमा कुशलले साइब्रान्ड एंगलब्रेक्टको विकेट लिँदै झिनो आशा दिलाए । अर्को बलमा भान डर गुग्टेनले छक्का प्रहार गरे । चौथो बलमा तेजा निदामनुरु लङ अनमा क्याच आउट भएपछि खेल रोमान्चक बनेको थियो ।

अन्तिम बलमा चौका प्रहार गर्दा नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो । अन्तिम ओभरमा भान डर गुग्टेनले चौका र छक्का प्रहार गर्दै जित पक्का गरे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो ।

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू