भक्तपुरमा महिला स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरमा महिला स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २२ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिको आयोजनामा स्वास्थ्य शिविर सम्पन भएको छ।

घरेलु तथा साना उद्योग व्यवसायमा संग्लन महिला उद्यमी तथा ती उद्योगमा कार्यरत महिला कामदार एवं अन्य महिला दिदी बहिनीहरुमा लक्षित गरी सिद्धि स्मृति महिला तथा बाल अस्पतालको प्राविधिक सहयोगमा सो महिला स्वास्थ्य शिविर सम्पन भएको हो।

महिलाहरु उद्यमीहरु घरायसी कामको साथै उद्योगको काममा पनि संग्लन भई रहँदा र आफ्नो स्वास्थ्य प्रति सजन नहुँदा विभिन्न गम्भीर रोग लाग्ने गरेको कारण समयमा नै स्वास्थ्य परिक्षण गराएमा ती रोगबाट बच्न सक्ने हुनाले महिला स्वास्थ्य शिविर संचालन गरेको जानकारी महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले दिईन्।

मनोविज्ञान परामर्श नहुँदा विशेष गरी महिलाहरु साधारण रोगबाटै धेरै हत्तोसाहित हुने भएकोले महिलाहरुमा भई रहेको समस्याबारे जानकारी लिई सोहि अनुसारको परामर्श दिने उद्देश्यले यो शिविर संचालन गरेको सिद्धि स्मृति महिला तथा बाल अस्पतालका आउटरिच अफिसर सुभद्रा मल्लले जानकारी दिईन्।

स्त्री रोग विशेषज्ञ डा औस्ठा मल्लले जनरल परिक्षण गरेको सो शिविरमा १८ बर्ष देखि ७५ बर्ष सम्मका ८१ जना महिलाहरुले स्वास्थ परिक्षण गरेको कार्यक्रम संयोजक सुचिता सैजुले बताईन्।

Published Date: 05 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न