भक्तपुरमा महिला स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरमा महिला स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २२ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिको आयोजनामा स्वास्थ्य शिविर सम्पन भएको छ।

घरेलु तथा साना उद्योग व्यवसायमा संग्लन महिला उद्यमी तथा ती उद्योगमा कार्यरत महिला कामदार एवं अन्य महिला दिदी बहिनीहरुमा लक्षित गरी सिद्धि स्मृति महिला तथा बाल अस्पतालको प्राविधिक सहयोगमा सो महिला स्वास्थ्य शिविर सम्पन भएको हो।

महिलाहरु उद्यमीहरु घरायसी कामको साथै उद्योगको काममा पनि संग्लन भई रहँदा र आफ्नो स्वास्थ्य प्रति सजन नहुँदा विभिन्न गम्भीर रोग लाग्ने गरेको कारण समयमा नै स्वास्थ्य परिक्षण गराएमा ती रोगबाट बच्न सक्ने हुनाले महिला स्वास्थ्य शिविर संचालन गरेको जानकारी महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले दिईन्।

मनोविज्ञान परामर्श नहुँदा विशेष गरी महिलाहरु साधारण रोगबाटै धेरै हत्तोसाहित हुने भएकोले महिलाहरुमा भई रहेको समस्याबारे जानकारी लिई सोहि अनुसारको परामर्श दिने उद्देश्यले यो शिविर संचालन गरेको सिद्धि स्मृति महिला तथा बाल अस्पतालका आउटरिच अफिसर सुभद्रा मल्लले जानकारी दिईन्।

स्त्री रोग विशेषज्ञ डा औस्ठा मल्लले जनरल परिक्षण गरेको सो शिविरमा १८ बर्ष देखि ७५ बर्ष सम्मका ८१ जना महिलाहरुले स्वास्थ परिक्षण गरेको कार्यक्रम संयोजक सुचिता सैजुले बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता