बिश्व च्याम्पियनलाई सदस्य सचिवद्वारा स्वागत

बिश्व च्याम्पियनलाई सदस्य सचिवद्वारा स्वागत : Icon Khabar

काठमाण्डौ, माघ १० । ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडी  राजेन्द्र दुलाल र रक्त मानन्धरलाई स्वागत गरेका छन् । आज मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई गरेका हुन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे ।

दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ बर्ष माथीको समूहमा भारतीय खेलाडी र जनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाइ फाईनलमा पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले बताए ।
च्याम्पियनसिपमा दुलाल र मानन्धरका साथै संजय अर्याल, प्रकाश बहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको सहभागिता रहेको थियो ।

नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र त्यहाँ स्थित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2023
Website | + posts