बिश्व च्याम्पियनलाई सदस्य सचिवद्वारा स्वागत

बिश्व च्याम्पियनलाई सदस्य सचिवद्वारा स्वागत : Icon Khabar

काठमाण्डौ, माघ १० । ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडी  राजेन्द्र दुलाल र रक्त मानन्धरलाई स्वागत गरेका छन् । आज मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई गरेका हुन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे ।

दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ बर्ष माथीको समूहमा भारतीय खेलाडी र जनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाइ फाईनलमा पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले बताए ।
च्याम्पियनसिपमा दुलाल र मानन्धरका साथै संजय अर्याल, प्रकाश बहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको सहभागिता रहेको थियो ।

नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र त्यहाँ स्थित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Published Date: 24 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न