मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट : Icon Khabar

काठमाडौं, फागुन २१ । भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।

उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् । प्रियंका यसअघि ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा छनोट भएकी थिइन् ।

शनिबार मुम्बईमा फिनाले आयोजना हुँदैछ । सो क्रममा सबै विधाको विजेता घोषणा हुनेछ । ‘ब्युटी विथ पर्पस’ विधाको लागि मिस नेपाल वर्ल्ड २०२२ प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारण लाइन पुर्‍याउन पहल गरेकी थिइन् । यसबाहेक स्थानीय विद्यालयको मर्मत सम्भारदेखि स्थानीय उद्यमशीलताको विकास गर्ने कार्य पनि उनले गरेकी थिइन् ।

Published Date: 04 March 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर