मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट : Icon Khabar

काठमाडौं, फागुन २१ । भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।

उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् । प्रियंका यसअघि ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा छनोट भएकी थिइन् ।

शनिबार मुम्बईमा फिनाले आयोजना हुँदैछ । सो क्रममा सबै विधाको विजेता घोषणा हुनेछ । ‘ब्युटी विथ पर्पस’ विधाको लागि मिस नेपाल वर्ल्ड २०२२ प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारण लाइन पुर्‍याउन पहल गरेकी थिइन् । यसबाहेक स्थानीय विद्यालयको मर्मत सम्भारदेखि स्थानीय उद्यमशीलताको विकास गर्ने कार्य पनि उनले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो