दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १९ । दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ५८ वर्षीय पदम ग्याम्चो तामाङ रहेका छन् । पक्राउ परेका तामाङ ट्याक्सी चालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जबर्जस्ती करणी गरेको उजुरीमा परेका काभ्रेका २९ वर्षीय दीपकबहादुर श्रेष्ठ फरार छन् । उनको अहिले खोजी भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रहरीले दुवै अभियुक्त विरुद्ध राष्ट्रिय देवानी संहिताको दफा २१० को कसुरमा अदालतमा मुद्दा दायर गरेको छ।

Published Date: 02 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी