दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १९ । दरबारमार्गस्थित नाइट क्लबमा कार्यरत २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ५८ वर्षीय पदम ग्याम्चो तामाङ रहेका छन् । पक्राउ परेका तामाङ ट्याक्सी चालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जबर्जस्ती करणी गरेको उजुरीमा परेका काभ्रेका २९ वर्षीय दीपकबहादुर श्रेष्ठ फरार छन् । उनको अहिले खोजी भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रहरीले दुवै अभियुक्त विरुद्ध राष्ट्रिय देवानी संहिताको दफा २१० को कसुरमा अदालतमा मुद्दा दायर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2024
Website | + posts




ताजा
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित