धरहराको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने

धरहराको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने : Icon Khabar

काठमाडौं, फागुन १९ । बहुप्रतिक्षित धरहराको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने भएको छ ।

केन्द्रिय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले टावरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने दाबी गरेका छन् । ‘धरहरामा निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने । अबको केही दिन वा महिनाभित्र धरहरा निर्माणको काम सम्पन्न हुन्छ ।

धरहराको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको अधिकारीले जानकारी दिए । उनले भने, ‘अहिले धरहराको तहखानेको चित्रकलाको काम भइरहेको छ । धरहराको ब्याकअप प्रणाली, मेकानिकल र विद्युतीय काम बाँकी रहेकाले अझै केही समय लाग्न सक्छ ।

धरहरा निर्माणको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ । निर्देशक अधिकारीले धरहराको सञ्चालन मोडलबारे निर्णय हुन बाँकी रहेको बताए । ‘विगतमा धरहरा काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको थियो तर आगामी दिनमा धरहरा महानगरले सञ्चालन गर्ने वा अन्य कुनै संयन्त्रले गर्ने भन्ने निर्णय भइसकेको छैन ।

भ्याट सहित रु ३ अर्ब ४९ करोडको धरहरा निर्माणमा ८७ प्रतिशत आर्थिक प्रगति भएको छ । यद्यपि, कार्बन डाइअक्साइड र मोनोअक्साइड निष्कासन प्रणालीको स्थापना सहित मेकानिकल र वाहन सेवाहरू जस्ता मुख्य प्रणालीहरू पूरा हुन बाँकी छ।

धरहराको बाहिरी भाग ११ तलाको देखिन्छ भने यसको भित्री भाग २२ तलाको डिजाइन गरिएको छ। २०१५ को भूकम्पका कारण धरहरा भत्किएपछि सरकारले सुरक्षित र थप लचिलो संरचना सुनिश्चित गर्न आधुनिक निर्माण सामग्री र प्रविधिलाई रोजेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2024
Website | + posts