फेब्रुवरीमा नेपाल भित्रियो ९७ हजार ४२६ पर्यटक

फेब्रुवरीमा नेपाल भित्रियो ९७ हजार ४२६ पर्यटक : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपालमा सन् २०२४ को दोस्रो महिना (फेब्रुवरी) मा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ३३ प्रतिशतले धेरै हो ।

यसअघि सन् २०२३ को फेब्रुवरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका थिए । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुवरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार फेब्रुवरीमा सबैभन्दा बढी भारतबाट २५ हजार ५७८ पर्यटक नेपाल आएका छन् । त्यस्तै, चीनबाट ९ हजार १८०, अमेरिकाबाट ९ हजार ८९, थाइल्यान्डबाट ४ हजार ७९९ र दक्षिण कोरियाबाट ३ हजार ८१२ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, एक महिनाअघि अर्थात् २०२४ को जनवरीमा भने ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Published Date: 02 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी