फेब्रुवरीमा नेपाल भित्रियो ९७ हजार ४२६ पर्यटक

फेब्रुवरीमा नेपाल भित्रियो ९७ हजार ४२६ पर्यटक : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपालमा सन् २०२४ को दोस्रो महिना (फेब्रुवरी) मा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ३३ प्रतिशतले धेरै हो ।

यसअघि सन् २०२३ को फेब्रुवरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका थिए । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुवरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार फेब्रुवरीमा सबैभन्दा बढी भारतबाट २५ हजार ५७८ पर्यटक नेपाल आएका छन् । त्यस्तै, चीनबाट ९ हजार १८०, अमेरिकाबाट ९ हजार ८९, थाइल्यान्डबाट ४ हजार ७९९ र दक्षिण कोरियाबाट ३ हजार ८१२ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, एक महिनाअघि अर्थात् २०२४ को जनवरीमा भने ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2024
Website | + posts




ताजा
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज आइतबारको राशिफल
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने