भक्तपुर जिल्लाका नवनियुक्त स्काउट पदाधिकारीहरूलाई बधाई ज्ञापन

भक्तपुर जिल्लाका नवनियुक्त स्काउट पदाधिकारीहरूलाई बधाई ज्ञापन : Icon Khabar

भक्तपुर, फागुन १९ । भक्तपुुरका नवनियुक्त स्काउट पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय परिषद् र स्थाय परिषदका सदस्यहरुलाई भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा बधाइ ज्ञापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका रहने बताईन् ।
अहिलेको युगमा इन्टरनेटका नराम्रा पक्षहरुबाट बालबालिका र युवाहरुलाई जोगाउनका लागि स्काउटिङ्ग कक्षा अपरिहार्य रहेको बताईन् ।

नेपाल स्काउटका नवनियुक्त राष्ट्रिय आयुक्त महेन्द्र राज रञ्जितले नेपाल स्काउटको ऐनलाई प्रतिष्ठापन गर्ने गरी नयाँ विधेयक सदनमा प्रस्तुत हुन गइरहेको बताए।

कार्यक्रममा स्काउटका आयुक्त शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व तालिम आयुक्त भक्त राजभण्डारी स्काउटको गरिमाका विषयमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चाँगनारायण नगरपालिकाका आयुक्त राजकुमार जरेजु, मध्यपुर थिमीका आयुक्त तुल्सीहरी प्रजापति, सूर्यविनायक नगरपालिकाका आयुक्त कृष्मा थोकरलाई स्काउटका विकासमा लागिपर्ने बताए ।

भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिषदका सदस्यहरु रत्ना चवाल, कृष्णसुन्दर प्रजापति, मैयाँ त्वायनाबासुलगायतलाई सम्मान गरिएको थियो। यसैंगरी बागमति प्रदेशका आयुक्त शिवकुमार त्वायनासहित परिषद सदस्यहरुलाई पनि सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2024
Website | + posts