प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ सोमबारको बैठकमा दिने

प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ सोमबारको बैठकमा दिने : Icon Khabar

काठमाडौँ, फागुन १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबारको बैठकमा दिने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts