तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा भक्तपुर युवा टीम र पाण्डुबजार फ्रेन्डशिप क्लब विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा भक्तपुर युवा टीम र पाण्डुबजार फ्रेन्डशिप क्लब विजयी : Icon Khabar

भक्तपुर, फागुन १८ । भक्तपुर युवा टीमको आयोजनामा आजदेखि सुरू भएको तेश्रो भक्तपुर कप २०८० खुला फुटबल प्रतियोगिताको दुई वटा खेल आज सम्पन्न भएको छ।

शुक्रबार भक्तपुर युवा टीम र दिर्घायु फुटबल क्लबसीबीच भएको पहिलो खेलमा भक्तपुर युवा टीमले दिर्घायु फुटबल क्लबलाई २-० गोलले पराजित गर्यो। सो खेलमा म्यान अफ दि म्याच भक्तपुर युवा टीमका विक्रम नरसिंह राना घोषित भए भने उदयीमान खेलाडीका रूपमा मदन पौडेल घोषित भए।

आजै हेल्दी होम फुटबल क्लब र पाण्डुबजार फ्रेन्डशिप क्लबबीच भएको दोश्रो खेलमा २-२ गोलले बराबरी भएर पेनाल्टी सूट आउटमा पाण्डुबजार फ्रेन्डशिप क्लबले हेल्दी होम फुटबल क्लबलाई ३-४ गोलले पराजित गर्यो।

सो खेलमा म्यान अफ दि म्याच हेल्दी होम फुटबल क्लबका गोल किपर सुजन श्रेष्ठ र उदयीमान खेलाडीका रूपमा पाण्डुबजार फ्रेन्डशिप क्लबका योगेश श्रेष्ठ घोषित भए।

त्यसका साथै आज उत्कृष्ट खेलाडीले नगद पुरस्कार रू दुई हजार र उदायीमान खेलाडीले नगद पुरस्कार रू एक हजार प्राप्त गरे। भोलि तेश्रो खेल झौखेल युनाइटेड र श्रीजनानगर फूटबल क्लब र चौथौं खेल द राइजिङ्ग ग्रुप र भक्तपुर नगरपालिकाबीच हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts




ताजा
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने