तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा भक्तपुर युवा टीम र पाण्डुबजार फ्रेन्डशिप क्लब विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा भक्तपुर युवा टीम र पाण्डुबजार फ्रेन्डशिप क्लब विजयी : Icon Khabar

भक्तपुर, फागुन १८ । भक्तपुर युवा टीमको आयोजनामा आजदेखि सुरू भएको तेश्रो भक्तपुर कप २०८० खुला फुटबल प्रतियोगिताको दुई वटा खेल आज सम्पन्न भएको छ।

शुक्रबार भक्तपुर युवा टीम र दिर्घायु फुटबल क्लबसीबीच भएको पहिलो खेलमा भक्तपुर युवा टीमले दिर्घायु फुटबल क्लबलाई २-० गोलले पराजित गर्यो। सो खेलमा म्यान अफ दि म्याच भक्तपुर युवा टीमका विक्रम नरसिंह राना घोषित भए भने उदयीमान खेलाडीका रूपमा मदन पौडेल घोषित भए।

आजै हेल्दी होम फुटबल क्लब र पाण्डुबजार फ्रेन्डशिप क्लबबीच भएको दोश्रो खेलमा २-२ गोलले बराबरी भएर पेनाल्टी सूट आउटमा पाण्डुबजार फ्रेन्डशिप क्लबले हेल्दी होम फुटबल क्लबलाई ३-४ गोलले पराजित गर्यो।

सो खेलमा म्यान अफ दि म्याच हेल्दी होम फुटबल क्लबका गोल किपर सुजन श्रेष्ठ र उदयीमान खेलाडीका रूपमा पाण्डुबजार फ्रेन्डशिप क्लबका योगेश श्रेष्ठ घोषित भए।

त्यसका साथै आज उत्कृष्ट खेलाडीले नगद पुरस्कार रू दुई हजार र उदायीमान खेलाडीले नगद पुरस्कार रू एक हजार प्राप्त गरे। भोलि तेश्रो खेल झौखेल युनाइटेड र श्रीजनानगर फूटबल क्लब र चौथौं खेल द राइजिङ्ग ग्रुप र भक्तपुर नगरपालिकाबीच हुनेछ।

Published Date: 01 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न