तेश्रो भक्तपुर कप २०८० फुटबल प्रतियोगिता आजबाट सुरु

तेश्रो भक्तपुर कप २०८० फुटबल प्रतियोगिता आजबाट सुरु : Icon Khabar

भक्तपुर, फागुन १८ । तेश्रो भक्तपुर कप २०८० फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। भक्तपुर युवा टीम, गोल्मढि ७ भक्तपुरको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा आजबाट सो प्रतियोगिता सुरू भएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। उक्त प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले २०५० सालमा स्थापना भएको युवा टीम अझ व्यवस्थित रुपमा सञ्चालनको लागि शुभकामना दिँदै खेलकुद प्रतियोगिता आजको लागि मात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताए।

उनले समाजलाई अनुशासित र व्यवस्थित गर्ने सिलसिलास्वरुप भक्तपुर नपाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको बताउँदै उहाँले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताए।

उनले युवाहरु कुलतमा फसिरहेका छन्, युवालाई विकृति र विसंगतिबाट विमुख गर्न खेलकुद सशक्त माध्यम हुने बताउँदै उहाँले अनुशासित, इमानदार र देशभक्त भावनाले खेलाडीहरुले खेलमा सहभागी हुनुपर्ने बताए।

त्यसैगरी भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देृश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पुर्याइरहेको बताउँदै प्रतियोगिता सफलताको शुभकामना दिए।

भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले भक्तपुर खेलकुदमय भएको बताउँदै खेलकुद प्रतियोगिता आयोजनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा पुग्ने दबु भएको बताए।

उनले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरेको भौतिक विकास सराहनीय भएको बताउँदै यस किसिमका गतिविधिले खेलाडीहरुलाई प्रोत्साहित गर्ने बताए।

भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरुप भक्तपुर युवा टीम स्थापना भएको बताए।

भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर कप फुटबल प्रतियोगिता संयोजक सुरेश कवां प्रतियोगितामा १६ वटा टीम सहभागी भएको अवगत गराए। सो प्रतियोगिता फागु २६ गतेसम्म हुनेछ।

Published Date: 01 March 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली