फोनेपेले सुरु गर्यो “सक्षम नारी” अभियान

फोनेपेले सुरु गर्यो “सक्षम नारी” अभियान : Icon Khabar

काठमाडौँ, फागुन १५ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान “सक्षम नारी” अभियान सुरु गरेको छ। यस अभियान द्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको छ।

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि Fonepay सेवाहरू फोनपे QR, Fonepay Direct र Fonepay बिल प्रयोग गरि कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्नेछन्।

अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका Chief Strategy Officer सुबोध शर्माले भने “सक्षम नारी” अभियान अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।

Published Date: 27 February 2024
ताजा
काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी आजदेखि बन्द
बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि मोबाइल रिङटोनमार्फत सन्देश प्रवाह सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढ्यो
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी