डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर : Icon Khabar

काठमाडौँ, फागुन १६ । इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ।

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै Cashback तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ ।

यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप रु २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले रु। ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन्।

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ। यस अफर मार्फत यात्रा सम्बन्धी सेवाहरू इसेवामा सजिलै उपलब्ध भएको बारे ग्राहकवर्गमा सूचित गर्न चाहेको जनाएको छ। सेवाग्राहीले क्यास्ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ। यो अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लग मार्फत बुझ्नका लागि पनि इसेवाले जनाएको छ।

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख ३० हजारभन्दा बढी संख्यामा एजेन्ट सञ्जाल रहेको छ ।

इसेवाले पुल्चोक स्थित केन्द्रीय कार्यालय सहित सातै प्रदेशबाट प्रदेश कार्यालय तथा सम्पर्क कार्यालय मार्फत सेवा दिइरहेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

Published Date: 27 February 2024
ताजा
प्रधानमन्त्री बालेनले लिए शपथ, नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज नयाँ प्रधानमन्त्रीको शपथ: बालेन्द्र शाह नेतृत्वमा एकल सरकार गठन
देशभर पुनः मौसम बदली: आजदेखि वर्षा, हुरीबतास, चट्याङ र असिनाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता