सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १४ । सोमबार नेप्से परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने शिवम सिमेन्ट्सको ६ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, जलविद्यूत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

Published Date: 26 February 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग