सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १४ । सोमबार नेप्से परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने शिवम सिमेन्ट्सको ६ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, जलविद्यूत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता